श्रीलङकामा हुने अक्वेटिक च्याम्पियनसिप सहभागी हुने नेपाली टोलीको बिदाई

श्रीलङकामा हुने अक्वेटिक च्याम्पियनसिप सहभागी हुने नेपाली टोलीको बिदाई

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,३० असोज ।

श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा सहभागी हुने नेपाली पौडी टोलीलाई आज बिदाई गरिएको छ ।
पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले टोलीलाई बिदाई गरे ।
कात्तिक ३ गते देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा सहभागी हुने चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली (पर्सि) मंगलबार श्रीलंका जाँदैछ ।

प्रतियोगितामा नितेशले ५० र १०० मिटर फ्रिस्टायल, २०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक, देवेशले ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्ले, अनुभवले ५०, १०० र ४०० मि. फ्रिस्टायल, १०० मि. बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै सुभमले ५० मि. फ्रिस्टायल, ५०, १०० र २०० मि. ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा र टिम व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी