शिर्ष स्थानको म्यान्चेस्टरले एभर्टनसँग अंक बाड्यो

शिर्ष स्थानको म्यान्चेस्टरले एभर्टनसँग अंक बाड्यो

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,३० असोज ।
इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले एभर्टनसँग अंक बाडेको छ ।

म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा सिटिलाई एभर्टनले १÷१ गोलको बराबरीमा रोक्यो । एभर्टनका रोमेलु लुकाकुले पहिलो गोल गरे । सिटीका नोलिटोले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले स्वान्सी सिटीलाई ३र२ ले पराजित गरेको हो । आर्सनलको जितमा थियो वाल्कोटले दुई तथा मेसुत ओजीलले एक गोल गरे ।

यसैगरी टोटनह्याम हट्सपरले वेष्ट ब्रोमसँग १÷१ गोलको बराबरी खेल्दा बर्नमाउथले हल सिटीलाई ६र१ ले पराजित गरेको छ । यसैगरी स्टोक सिटीले सण्डरल्याण्डलाई २र० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले क्रिष्टल प्यालेसमाथि १र० को जित निकालेको छ ।

फुटबलको अंक तालिकामा ८ खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । समान १९ अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा १८ अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लिरभपुल १६ अंकको साथ चौथो स्थानमा रहँदा समान १६ अंक जोडेको चेल्सी पाँचौ स्थानमा उक्लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी