नेपाल थाइल्याण्डमा हुने एसिया कपका लागि छनोट

नेपाल थाइल्याण्डमा हुने एसिया कपका लागि छनोट

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,२९ असोज ।
नेपाल आगामि नोभेम्बर र डिसेम्बरमा थाइल्याण्डमा हुने एसिया कपका लागि छनोट भएको छ ।

आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपालको लागि एसियाकपको बाटो खुलेको हो । एसियाकपमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् ।

थाइल्यान्ड १० अंकसहित एसियाली छनौटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । ६ खेलमा तीन जित र तीन हार व्यहोरेको नेपाल समूह उपविजेता बन्यो ।

शनिबार भएको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ४ विकेटले हरायो । चीनले दिएको ८६ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेटको क्षतिमा भेट्टायो । नेपालकी नेरी थापाले २२, सीता राना मगरले २०, रुबिना क्षेत्रीले नटआउट १३ तथा इन्दु वर्माले १० रन बनाइन् ।

मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चीनले ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले दुई तथा निर्मला कुमारी शाही र करुणा भण्डारीले समान १–१ विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी