नेपालसँग चीन पराजित

नेपालसँग चीन पराजित

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ,असोज २९ ।
आइसीसी विश्वकप महिला क्रिकेट छनोट प्रतियोगितामा नेपालले चीनलाइ पराजित गरेको छ । हङकङमा जारी प्रतियोगिता अन्तर्गत आज विहान भएको खेलमा नेपालले चीनलाई ४ विकेटले पराजित गरेको हो ।

अर्को चरण प्रवेशको होडबाट बाहिरिए पनि नेपालले प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा चीनलाई पराजित गर्न सफल भएको हो ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । यसअघि नेपालले चीन र हङकङलाई पराजित गरेको थियो ।

आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चीनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो ।

८६ रनको विजयी लक्ष्य पाएको नेपालले १५ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रनको योगदान गरिन् ।

यस अतिरिक्त सीता रानामगरले २०, रुबीना क्षेत्रीले अविजित १३ र इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ रुबीनाले दुई तथा निर्मला कुमारी र करुणा भण्डारीले एकरएक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी