नवलपरासीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता

नवलपरासीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता

  • शुक्रबार, अशोज २८, २०७३
  • रबिन्द्र यादव

  • 7.9K
    SHARES

नवलपरासी , २८ असोज ।

नवलपरासीको गुठी सुर्यपुरा मा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नवजीवन युवा क्लब गुठी सुर्यपुराको अायोजना भइरहेको छ ।

खुल्ला कपर्दी प्रतियोगितामा नेपाल भारत गरि २२ टिमको सहभागिता रहने अायोजकले जानकारी दिएको छ । कपर्दी उद्घाटन कार्यक्रम नवजीवन युवा क्लब का संयोजक ब्यासमुनी कुशवाहा को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तु रहनु भएको थियो ।

प्रमुख अतिथि कलवार सन्तुले खेलकुद प्रतियोगिताले गाउँ ठाउँ जिल्ला र राष्ट्र लाई चिनाउने भएकोले खेलाडीहरूले अनुशासित भएर खेल्नु हुने बताउनु भएको थियो साथै सांसद विकास कोषको एक लाख २७ हजार रुपया गुठी सुर्यपुरा मा खेलकुदका लागि दिइने जानकारी दिनु भएको थियो ।

14702229_656556097836184kapardi1_8881922147981755668_n

त्यसैगरी विशेष अतिथि जिल्ला खेलकुद विकास समिति का कुमार अाले ले पश्चिमाञ्चल स्तरिय कपर्दी को खेलाडी छनौट खेल नवलपरासी कै क्षेत्र नम्बर ६ मा गरिने जानकारी दिनु हुँदै उहाले अाफ्नो डेढ सालको कार्यकालमा दुई करोड भन्दा बढि रकम खेल र खेलाडी को विकास लागि खर्च गरिसकेको बताउनु भयो ।

उद्घाटन कार्यक्रम मा नेपाली काङ्ग्रेस का क्षेत्रिय संयोजक मुकुल अाचार्य, तमलोपा क्षेत्रिय संयोजक रामपृत यादव, उखु उत्यपादक समिति का संयोजक उमेशचन्द्र यादव, गण्डक नियन्त्रण संघर्ष समिति का सचिव दुधनाथ गुप्ता लगायतको सहभागिता रहेको थियो ।

14708266_656556101169517_78875kabaddi75517654327225_n

कपर्दी प्रतियोगिता तीन दिन संचालन रहने बताइएको छ । प्रथम हुने टिमलाई नगद अाठ हजार सहित मेडल सिल्ड प्रमाणपत्र दोस्रो हुने टिमलाई पाच हजार नगद सहित मेडल सिल्ड प्रमाणपत्र तथा तेस्रो हुनेलाई तीन हजार नगद मेडल सिल्ड प्रमाणपत्र दिइने अायोजकले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी