फिफाले गर्यो नयाँ योजना ‘फिफा २.०’ को सार्वजनिक

फिफाले गर्यो नयाँ योजना ‘फिफा २.०’ को सार्वजनिक

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, असोज २८ । विश्व फुटवल महासंघ फिफाले भ्रष्टाचार काण्डपछि उत्पन्न संकट अन्त्यका लागि नयाँ कार्ययोजना सार्वजनिक गरेको छ ।
फिफाले भ्रष्टाचार काण्डपछिको अवस्था र भविष्यको प्रमुख उद्देश्य समेटिएको योजना ल्याएको छ । यसलाई ‘फिफा २.०’ नाम दिइएको छ ।
भ्रष्टाचारपछि गिरेको साख जोगाउनका लागि सबै पक्षको विश्वास लिएर फिफाले नयाँ योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।
फिफा अध्यक्ष जानी इन्फान्टिनोले योजना सार्वजनिक गर्दै अरुले पनि पछ्याउने खालको उदाहरणीय संस्था बनाउने प्रयासमा आफु लागिपरेको बताए । गत वर्ष भ्रष्टाचारकाण्डमा तत्कालिन अध्यक्ष सेप ब्लाटरसहित धेरै उच्च अधिकारी मुछिएपछि फिफाले सन् २०२६ सम्मको योजना सार्वजनिक गरेको हो ।
नयाँ योजनामा विश्व फुटबलको विकासमा लगानी बढाउने, महिला खेलाडीको संख्या बढाउने तथा फुटबलमा मानिसको सहभागितालाई वृद्धि गर्ने लक्ष्य समेत समेटिएको छ । विश्व जनसंख्याको ६० प्रतिशतलाई फुटबलमा सहभागी गराउने लक्ष्य पनि फिफाको छ । हाल यो संख्या ४५ प्रतिशत रहेको छ ।
फुटबलको विकास हुँदै गरेको क्षेत्रमा थप चार अर्ब अमेरिकी डलर लगानी गर्ने र महिला फुटबल खेलाडीको संख्या ६ करोड पु¥याउने लक्ष्य लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी