थाइल्याण्डसँग पराजितपछि नेपालको वल्ड क्वालिफायरमा पुग्ने सम्भावना सकियो

थाइल्याण्डसँग पराजितपछि नेपालको वल्ड क्वालिफायरमा पुग्ने सम्भावना सकियो

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, २८ असोज । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग १ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको वल्ड क्वालिफायरमा पुग्ने सम्भावना सकिएको छ ।
वोङनाईस्थित हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य थाइल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले चार तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो । नेपालकी नेरी थापाले अविजित ३२ रन जोडिन । त्यस्तै इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन बनाइन् ।
टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने एक टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्डमा हुने महिला विश्वकप खेल्नेछ ।
पाँच खेलबाट ४ खेल जितेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ । मात्र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले अब शनिबार चीनसँग खेल्ने छ । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी