विशाल ताजिया निमार्ण , कला संस्कृतिको जगेर्ना गरौ : कंडेल

विशाल ताजिया निमार्ण , कला संस्कृतिको जगेर्ना गरौ : कंडेल

  • बिहिबार, अशोज २७, २०७३
  • रबिन्द्र यादव

  • 7.3K
    SHARES

नवलपरासी , २७ असोज ।

मुस्लीम समुदायहरुको तेस्रो महान पर्व मोहरमको अवसरमा नवलपरासीको बिभिन्न स्थानमा बिशाल ताजिया बनाईएको छ ।

यसवर्ष जिल्लाको रमपुरवाँ, भुजहजाँ, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाईएको हो । जसमध्यै सबैभन्दा ठुलो नवलपरासीको रमपुरवामा निमार्ण गरिएको छ ।

नवलपरासीको ताजिया देशमै सबैभन्दा बिशाल ताजिया रहेको छ । जसको क्षेत्रफल करिब एक सय फिट चौडाई र एक सय ५० फिट अग्लो रहेको छ । देशमै सबैभन्दा ठुलो मानिएको रमपुरवा निमार्ण गरिएको ताजिया र जिल्लाकै ठुलो पाल्हीमा निमार्ण गरिएको ताजियाको पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कागं्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले  उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै कण्डेलले लोप हुदै गएको कला सांस्कृति जगेर्ना गर्न सबै नेपाली आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनुभयो ।

कंडेलले नेपाली समुदायको ईतिहास कला संस्कृति संग जोडिएकाले आफ्नो ईतिहास कायम राख्न पनि सबै नेपालीले आ आफ्नो धार्मिक कला संस्कृतिलाई लोप हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।

14650445_656336861191441_7532620970656523337_n

मुस्लिम समुदायको तेश्रो महान पर्व मोहरमको अवसरमा ताजिया निमार्ण गरिएको सबै स्थानमा मेला लागेको छ । मेलाको ुनवलपरासी जिल्लाको ग्रामिण भेगका विभिन्न ठाउँहरुमा बाँसको ठुलोठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको हो । मेला शुक्रबार सम्म चल्ने छ ।

ताजियाका लागि बाँस, रिम कागज, काँटी, तार र गम आवश्यक पर्ने ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन् । तीन दिन चल्ने ताजिया मेलामा थकरी, ढाँकतासा, लाठीभाला समेतको खेल प्रतियोगित संचालन गरिएको छ । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारतबाट दर्शानार्थीहरुको घुईचो लागेको बताइएको छ ।

14721523_656336854524775tajiya_8156314525887880549_n

हिजरीको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन ईस्लामका संरक्षक धर्मगुरु हजरत ईमाम हुसैन आफनो घरपरिवार सहित ७२ जनालाई ईस्लाम धर्मलाई बचाउनका लागि ईराकको बगदाद स्थित करबलामा शहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ ।

14656308_656284607863333_7136598987103148065_n

देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बाँसका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन् ।

14502788_656284611196666_1841333776163902247_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी