नवलपरासि र भत्तपुरमा सवारी दुर्घटना ,२को मृत्यु

नवलपरासि र भत्तपुरमा सवारी दुर्घटना ,२को मृत्यु

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

काठमाण्डौ ,२७ असोज । नवलपरासि र भत्तपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बस र कार ठोक्किँदा नवलपरासी प्रसौनी–२ का ४० वर्षकी नारायणी अधिकारीको मृत्यु भएको हो ।

लोकाहा पुलको ओरालोमा पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख ७७९९ नम्बरको बस र बा १३ च १६१७ नम्बरको कार ठोक्किँदा कारमा सवार अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी अधिकारीको भरतपुर मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता भक्तपुरको लोकन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा काठमाडौंका २३ वर्षका युकेश श्रेष्ठको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंका लागि छुटेको बा २२ प ६०६९ नम्बरको मोटरसाइकल लोकन्थी १६ मनहरा पुलमा रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी