दशैंमा भाले बेचेर चार लाख कमाए सोम बहादुरले ( फोटो, भिडियो )

दशैंमा भाले बेचेर चार लाख कमाए सोम बहादुरले ( फोटो, भिडियो )

  • बुधबार, अशोज २६, २०७३
  • सिर्जना तिम्सिना

  • 10.2K
    SHARES

असोज २६ काठमाण्डौं । दशैं भन्ने वित्तिकै लत्ताकपडा खाद्यन्न र मासुको विक्री उच्च हुने गर्दछ । खसी बोकाको ठूलो व्यापार भएको पनि हामीले सुनेकै छौं । तर सुन्धारामा दशमीको दिन ठूलै संख्यामा लोकल कुखुरा बेचिरहेको भेटिए सोम बहादुर तामाङ ।

अरु बेला आफैले कमाएर कुदाउन थालेको माल बाहक गाडी चलाउने सोम बहादुरले सुन्धाराको आकाशे पुल छेउमा दशैं शुरु हुनासाथ कुखुराहरु ठूला ठूला पेरुङगो ( बासको चोयाले बुनिएको कुखुरा राख्ने ठाउ ) राखेर टिकाको दिन सम्म करीब एक हजार भालेपोथी कुखुराहरु बेचेको बताएका छन् ।

kukhura-2
उनले सरदरमा एउटा कुखुरा १ हजार देखि ३ हजार सम्ममा पनि बेचेको बताएका छन् । अब ५० वटा जति बाकी होला त्यो पनि आजै बिकी सक्दा सोम बहादुरले मिर्मिरेसग‘ भने । उनले पुरानो घर काभ्रे रहेको र अहिले चाहविलमा बस्ने बताउदै घरमा पनि आफूले पालेको र अरुकोबाट पनि ल्याएर बेचेकाले जम्मा चार लाख जति नाफा कमाएको बताएका छन् ।

kukhura-3

एक कुखुरा बराबर सय देखि २ सय सम्म नाफा राखेर बेचेको उनले बताए । करीब २८ वर्षको उमेरदेखि उनले दशैमा काठमाण्डौंमा कुखुरा बेच्दै आएको बताएका छन् । आखिर काम गरेर खानेलाई केहीले छेक्दैन, उनले साझ परे पछि ठेलामा मःम सहितका खाजा समेत बेच्ने गरेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी