आज विश्व मानसिक स्वास्थ्य दिवस,नेपालमा पनि मनाईदै

आज विश्व मानसिक स्वास्थ्य दिवस,नेपालमा पनि मनाईदै

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौ ,२४ असोज ।

आज अक्टोबर १० अर्थात विश्व मानसिक स्वास्थ्य दिवस, प्राथमिक मनौवैज्ञानिक सहयोग भन्ने नाराका साथ विश्वभर मनाईदै छ ।

नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मानसिक स्वास्थ्य दिवश मनाईदैछ ।

दिवसका अवसरमा मानसिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो मानसिक समस्या रोकथामका लागि सरोकारबाला स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

बढ्दो बेरोजगारी अव्यवस्थित जीवनशैली, प्रेममा धोका, पढाईमा असफलता, मानसिक तनाव, निराशाजस्ता कारणले नेपालमा वर्षेनी मानसिक रोगीको संख्या बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पिडित छन् । नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनो सामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेकोछ । नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगिमा ४ जनाले त उपचारै पाउँदैनन् ।
समाजमा हुने गरेको नकारात्मक व्यवहार र उचित उपचारको अभावमा मानसिक रोगीहरुको मृत्युदर धेरै रहेको नशा तथा मानसिक रोग बिशेषज्ञ डा प्रदिप पाण्डे बताउनु हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी