काग्रेसको बहुमत हुने गरी निर्वाचन तयारीमा लाग्न देउवाको निर्देशन

काग्रेसको बहुमत हुने गरी निर्वाचन तयारीमा लाग्न देउवाको निर्देशन

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

भक्तपुर, असोज २२ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताउनु भएको छ ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा उहाले सोहि अनुसार खटिन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने पनि उहाले दाबी गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो ‘संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद एवं प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ ।’

सो अवसरमा सांसदद्वय रामेश्वर ढुंगेल र डा. मनमोहन भट्टराई, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसंघ अध्यक्ष नैनसिंह महर, नेपाली कांग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा २०४२ सालमा कांग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना कांग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी