काठमान्डौ असोज २१ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा जादै हुनुहुन्छ । उहाँ अहिले केहि वेरमा त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ ।
गैर आवासिय नेपाली संघ एनआरएनएले लाप्प्राकमा निर्माण गर्न लागेको एकीकृत पुनरवास बस्तीको उद्रघाटनका लागि प्रधानमन्त्री दाहाल त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
गत वर्षको भुकम्पले केन्द्र विन्दु बनाएको गोरखाको बारक देखि नजिकै रहेको लाप्प्राक गाविस तहस नहस पारे पछि त्यहाँको स्थानीय वासिन्दा अहिले जंगल क्षेत्रमा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।
एनआरएनएले उनीहरु बसिरहेको जंगल नजिकैको स्थानमा ४ सय ७३ वटा घर निर्माणको तयारी गरेको छ । सरकारले यस अघि नै सो जंगल आसपासको जग्गा भुकम्प प्रभावितको बसोबासका लागि दिने घोषणा गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline