काठमाडौं, असोज २० ।
शिक्षामन्त्री धनीराम पौडेलले एक महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने बताउनु भएको छ ।
उहाले संविधानअनुसार शिक्षा क्षेत्रमा पुनर्संरचना गर्न र समाजवादउन्मुख राष्ट्रिय शिक्षा नीति तय गर्न आयोग गठन गर्ने बताउनु भयो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाले शिक्षा मन्त्रालयको १९ बुँदे कार्ययोजना सार्वजनिक गर्दै शिक्षा ऐन कार्यान्वयनका लागि कात्तिक १५ गतेभित्र शिक्षा नियमावली संशोधन गर्ने बताउनु भयो ।
साक्षरता क्षेत्र घोषणा बढाउने, छात्रवृत्ति वितरणमा एकद्वार प्रणाली लागू गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षाका लागि ऋण उपलब्ध गराउनेलगायतका विषय कार्ययोजनामा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline