काठमाण्डौ ,१८ असोज ।
स्थानीय निकाय पुनर्संरचना आयोगको कार्य्विधि फेरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । आजको संसद बैठकमा बोल्दै सांसदहरुले आयोगको काम अन्तिम चरणमा पुगेको बेला कार्य्विधि संशोधन गरेर अन्योलता थपेको भन्दै आपत्ति जनाएका हुन् ।
एमाले सांसद अखिलाल अखेडाले पहिला दिएको कार्य्विधिका आधारमा आयोगले काम सक्न लागेको बेला सरकार र तीन दलले कार्य्विधि संशोधन गरेर आयोगको काम प्रभाव पारेको बताउनुभयो ।
पटक पटक कार्य्विधि फेर्दा आयोगले काम गर्नै नसक्ने र संविधान कार्यान्वयनका लागि गर्नु पर्ने स्थानीय तहको चुनाव नहुने भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline