बैंककमा के गर्दैछन ? संगीतकार सापकोटा

बैंककमा के गर्दैछन ? संगीतकार सापकोटा

  • शनिबार, अशोज १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, १५ असोज ।

चर्चित संगीतकार तथा गायक चेतन सापकोटा यतिबेला बैंककमा निकै व्यस्त छन् । पछिल्लो समय नेपाली सिनेमा “भाग सानी भाग”बाट निर्माता समेत बनेपछि उक्त फिल्मको प्रदर्शनको क्रममा बैंकक पुगेका छन् ।

उक्त चलचित्रमा उनको अभिनय पनि अब्बल देखिएको छ । उसो त भारतीय गायक उदितनारायण झाको झल्को दिनेगरि गीत गाउँने कलाले चेतनको नेपाली संगीत क्षेत्रमा छुट्टै परिचय बनिसकेको छ ।

बैंककमा बिभिन्न कार्यक्रमहरुमा उनीद्वारा नै निर्मित सिनेमा भाग सानी भाग प्रदर्शन भईरहेको छ । भाग् सानी भाग् अहिले थाईल्याण्डको फुकेट, बैंकक, पतैयालगायत सहरमा प्रदर्शन भईरहेको सिनेमाका निर्माता सापकोटाले बताए । उक्त चलचित्र कम्बोडीयामा पनी प्रदर्शनको तयारी भएको उनको भनाई छ ।

चलचित्रका निर्माता सापकोटा भन्छन, – नेपाली सिनेमाको राम्रो बजारको सम्भावना रहेको छ र नेपाली दुताबासले हाम्रो चलचीत्र हेर्न सबैलाई लीखीत आग्रह पनी गरिदिएको छ’ ।

चलचित्रमा नीर शाह, सबिन श्रेष्ठ, केकि अधिकारी, रमेश बुडाथोकी, लय संग्रौला र निर्माता स्वयमकै अभिनय देख्न सकिनेछ । साथै दशै तीहारमा चेतन सिनेमा संगीतिक कार्यक्रम सहित जापानमा समेत जाने भएका छन् ।

आफुलाई चलचित्र प्रदर्शन गर्न तथा प्रचार प्रसारमा सबैले सहयोग गरेकोमा उनले खुसि ब्यक्त गर्दै धन्यावद ज्ञापन गरेका छन् । सापकोटाद्धारा निर्मित पहिलो चलचित्र “भाग सानी भाग”ले लाखौँ दर्शकको मन जित्न सफल होस हाम्रो शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी