राजधानीमा आजदेखि सार्क सम्मेलन सुरु

राजधानीमा आजदेखि सार्क सम्मेलन सुरु

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ,१३ असोज ।
आज देखि राजधानीमा दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको प्रभावकारीता बारे छलफल गर्न क्षेत्रिय स्तरको दुइदिने सम्मेलन सुरु भएको छ ।

तीन दशकको समयावधिमा पहिलो पटक आयोजना भएको सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु भएको छ ।

सो सम्मेलनमा पाँच विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिले जनाएको छ । पाँच कार्यपत्र प्रस्तुत हुने क्रममा पाँच जना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलग अलग रुपमा अध्यक्षता गर्नुहुने कार्यक्रम छ ।

अध्यक्ष मुलुकको नाताले नेपालले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आन्तरिक अस्थिरता जस्ता सार्क मुलुकका समान समस्या र चुनौति समाधानका लागि सम्मेलनले उपयुक्त सुझाव दिने समितिले जनाएको छ ।

क्षेत्रीय सम्मेलनमा सार्कको पछिल्लो तीन दशकको उपलव्धि, आर्थिक सहकार्य, विश्वासको वातावरण निर्माण जस्ता विषयमा विज्ञले अन्तक्र्रिया गर्नेछन् । सम्मेलनबाट निस्किएका निष्कर्षलाई सार्क शिखर सम्मेलनमा सुझावका रुपमा प्रस्तुत गरिनेछ ।

व्यवस्थापिका संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा सुरु भएको सो सम्मेलनमा मालदिभ्स, अफगानिस्तान बाहेक नेपालसहित यसका सदस्य राष्ट्रहरुको सहभागिता रहनेछ ।

सन् २०१४ मा काठमाडाँैमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी