राजधानीमा आजदेखि सार्क क्षेत्रिय सम्मेलन

राजधानीमा आजदेखि सार्क क्षेत्रिय सम्मेलन

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १२ असोज ।
दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको प्रभावकारीता बारे छलफल गर्न आज देखि राजधानीमा क्षेत्रिय स्तरको दुइदिने सम्मेलन हुदै छ ।

भोली सम्म चल्ने सम्मेलनमा नेपालसहित यसका सदस्य राष्ट्र भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिभ्स, अफगानिस्तान, पाकिस्तानका विधायिका, राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

तीन दशकको समायावधिमा पहिलो पटक आयोजना भएको सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले विहान ९ बजे गर्नु हुने छ ।

सो सम्मेलनमा पाँच विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिले जनाएको छ । पाँच कार्यपत्र प्रस्तुत हुने क्रममा पाँच जना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग रुपमा अध्यक्षता गर्नुहुने छ ।

अध्यक्ष मुलुकको नाताले नेपालले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आर्थिक समृद्धिका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न सम्मेलनले सुझाव दिने सम्मेलन आयोजक समितिका सदस्य एवम् नेपाली काँङग्रेसका नेतृ सुजाता कोइरालाले जानकारी दिनु भयो ।

सन् २०१४ मा काठमाडाँैमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क सम्मेलन पाकिस्तानको इस्लामावादमा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी