२४ घण्टाभित्र दोषीलाई कारवाही नगरे चरिकोटका स्वास्थ्यकर्मी काठमाडौं आउने(विज्ञप्तीसहित)

२४ घण्टाभित्र दोषीलाई कारवाही नगरे चरिकोटका स्वास्थ्यकर्मी काठमाडौं आउने(विज्ञप्तीसहित)

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

 काठमाण्डौ ,१२ असोज ।
चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले दोषिलाई कारवाही नभएसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने घोषणा गरेका छन् ।

आज विज्ञप्ती निकालेर उनीहरुले दोषिलाई कारवाही र सुरक्षाको प्रत्याभूती नभएसम्म आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको विज्ञप्ती मार्फत् घोषणा गरेका हुन् ।

असोज ७ गते केन्द्रमा एक बिरामीको मृत्यु भएपछि स्थानियले अमानविय तरिकाले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई माफ माग्न बाध्य पारेका थिए । उनीहरुले प्रहरी ज्यादतीको पनि भत्सर्ना गरेका छन् ।

घटनामा प्रहरी मिलेमतो रहेको आशंका गरिएको छ । उच्चस्रोतका अनुसार केन्द्र आसपासमा रहेका मेडिकल सञ्चालहरुले बिरामीपक्षलाई उक्साएर माफिमाग्न बाध्य पारिएको हो ।

न्याय हेल्थले स्वास्थ्य केन्द्र सञ्चालन सुरु गरेपछि स्थानिय मेडिकल हलमा बिरामी जान छाडेका थिए । स्वास्थ्य केन्द्र तहसनहस गर्ने उद्धेश्यले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी अमानविय व्यवहार भएको बताइन्छ ।

यस्तै नेपाल चिकित्सक संघले चरिकोटका अध्यक्ष मुक्तिराम श्रेष्ठले २४ घण्टाभित्र स्वास्थ्यकर्मीलाई अमानविय व्यवहार गर्ने समूह र त्यसमा संलग्न प्रहरीलाई कारवाही नगरे केन्द्रमा कार्यरत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई काठमाडौं बोलाएर संघले आन्दोलन गन चेतावनी दिनुभयो ।

28903647114409863_10154519414751798_3897580237822759134_o

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी