भारत र चीनका लागि प्रस्तावित राजदुतलाई सुनुवाई

भारत र चीनका लागि प्रस्तावित राजदुतलाई सुनुवाई

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १२ असोज ।
संसदीय सुनुवाई विषेश समितिले भारत र चीनका लागि प्रस्तवित राजदुतको सुनुवाई सुरु गरेको छ । सिंहदरबारस्थित समितिको कार्यलयमा जारी बैठकमा भारतका लागि प्रस्तवित राजदुत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लिलामणी पौडेललाई छलफलका लागि बोलाइएको छ ।

अघिल्लो सरकारले काम कारबाहीप्रति असन्तुष्टी जनाउदै फिर्ता बोलाएका उपाध्यायलाई वर्तमान सरकारले पुनः सोही मुलुकमा राजदुतका लागि सिफारिस गरेको हो । उपाध्याय विरुद्ध तीन ओटा उजुरी परेपनि एक जना उजुरीकर्ता मात्र समपर्कमा आएको समितिले जनाएको छ ।

एमाले नेतृत्वको सरकारले चीनका लागि महेन्द्र बहादुर पाण्डेलाई सिफारिस गरेपनि राजदुतका लागि सिफारिस भएका विभिन्न १४ मुलुकको नाम फिर्ता लिदै सरकारले चीनका लागि पूर्व मुख्यसचिव पौडेलको नाम सिफारिस गरेको हो ।

पौडेलविरुद्ध कुनै उजुरी परेको छैन । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित राजदुत उपाध्याय र पौडेलसँग छलफल गर्ने कार्यसुची रहेको छ । दुवै जना प्रस्तावित राजदुतका बारेमा आजै निर्णय गर्ने तयारी भएको समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी