बाहिरी हल्लाका आधारमा धारणा नबनाउन प्रधानमन्त्रीको आग्रह

बाहिरी हल्लाका आधारमा धारणा नबनाउन प्रधानमन्त्रीको आग्रह

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असोज ११, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन पनि आग्रह गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताउनु भयो ।
उहाले भन्नुभयो, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रा सामू छन् । देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ । म ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहन्छु ।’
भेटमा चुरे भावर पार्टीका नेताहरुले संविधान संशोधनमा सबैको भावना ख्याल गर्न, चुरे भावर प्रदेशको व्यवस्था गर्न, २०६४ मा आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ