अफगानिस्तान र इराकमामा नेपाली कामदार पठाउने सरकारको तयारी

अफगानिस्तान र इराकमामा नेपाली कामदार पठाउने सरकारको तयारी

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

१० असोज, काठमाडौं ।

सरकारले अफगानिस्तान र इराकमा बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले प्रतिबन्ध हटाउनेबारे आगामी मन्त्रिपरिषदबाट निर्णय लिने सम्भावना रहेको जानकारी गराउनु भयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाली कामदारको सुरक्षाको प्रत्याभुति सहित दुवै देशमा कामदार पठाउने दबाब आएको दाबी गर्नुभयो ।

उहाले भन्नुभयो , अमेरिकी, बेलायत लगायतका देशका राजदूतहरुले भेटेर नै अफगानिस्तान र ईराकस्थित आफ्नो दूतावासहरुमा नेपाली कामदार पठाउन प्रधानमन्त्रीलाई दबाव दिएका छन् । कामदारहरुको सुुरक्षाको प्रत्याभुति गर्ने पनि उहाहरुको प्रतिबद्धता छ ।

यस्तै श्रममन्त्री गुरुङले म्यानपावर व्यावसायमा देखिएको विकृति हटाउन नयाँ कार्यक्रम ल्याउने पनि बताउनु भयो ।
मन्त्री गुरुङले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहापाए कारवाही गर्ने पनि चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी