उद्योगको सामान्य मर्मतपछि औषधि उत्पादन गर्न सकिन्छः जोशी

उद्योगको सामान्य मर्मतपछि औषधि उत्पादन गर्न सकिन्छः जोशी

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, १० असोज ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपाल औषधि लिमिटेडको सामान्य मर्मत पछि तत्काल आठ प्रकारका औषधि उत्पादन गर्न सक्ने दाबी गर्नुभएको छ ।

औषधि लिमिटेडको स्थलगत निरिक्षणका लागी पुग्नुभएका मन्त्री जोशीले सन्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेकै मितिमा औषधि उत्पादन सुरु हुने बताउनु भयो ।

सरकारी उद्योगहरु पुनः सुचारु गर्ने अभियानमा लाग्नुभएका उद्योगमन्त्री जोशीले उद्योगको निरीक्षण पछि लिमिडेटका पूर्वप्रमुख राजेन्द्र तुलाधरसँग पनि छलफल गर्नुभएको थियो ।

सो क्रममा तुलाधारले मन्त्री जोशीसामू कच्चा पदार्थ ल्याइदिए केहि दिनमै सिटामोलसहित अत्यावश्यक औषधि उत्पादन गर्न कुनै समस्या नरहेको बताउनुभयो ।

उहाले सिटामोल, जीवनजल, आइरन चक्की, एम्जिट, नेमोक्सिल, कफहिष्ट, कपनाश र आरडीजेड औषधि उत्पादन गर्ने मेसिनमा कुनै खराबी नरहेको जोशीलाई जानकारी गराउनु भएके थियो ।

तुलाधरले मन्त्री जोशीलाई राजनीतिक हस्तक्षेपका कारण २०६७ सालदेखि बन्द भएको सो उद्योगमा रहेको सबै मेसिनबाट औषधि उत्पादन गरेर समेत देखाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी