स्वस्थ मासु खाऔँ, स्वस्थ जिवन बिताऔँ 

स्वस्थ मासु खाऔँ, स्वस्थ जिवन बिताऔँ 

  • आइतवार, अशोज ९, २०७३
  • डा. रुपेन्द्र चौलागाँई

  • 9.3K
    SHARES

अहिलेको २१ औँ शताब्दीमा विकासको क्रमसँगै बढ्दो शहरीकरण अन्तराष्ट्रिय व्यापार तथा भ्रमण र मानिसको आधुनिक जिवनशैलिले गर्दा मानिसको बदलिँदो रहनसहनसँगै खानपिन शैलिमा पनि परीवर्तन हुँदै आइरहेको छ । मानिसलाई स्वस्थ जिवन बिताउन सन्तुलित खानेकुराको आवश्यक पर्दछ । जसमा प्रोटिन, चिल्लो पदार्थ, खनिज र विभिन्न चिल्लो पदार्थहरुको मिश्रण हुनुपर्दछ । अहिलेको विश्व समाज नै खाद्य सुरक्षाको लागि चलिरहेको र विशेष गरी हाम्रो जस्तो देश नेपालमा थुप्रै मानिसहरु हुर्किदा बच्चाहरुमा कुपोषणको समस्याबाट गुज्रीरहेको अवस्था छ । देशको सर्वाङगिण विकास र गरीबि निवारणमा पशुपालनको भुमिका महत्वपुर्ण मानिन्छ । जसमा कुखुरापालन क्षेत्र पनि देशको विकासमा महत्वपुर्ण मानिन्छ । कुखुरापालन क्षेत्र नेपालमा करीब–करीब आत्मनिर्भर बनेको अवस्था छ र यस बाहेक अन्य पशुपालन क्षेत्र आत्मनिर्भर बन्न सकेका छैनन् । सरकारले आत्मनिर्भर बनाउन केहि नयाँ कार्यक्रमहरु पनि तर्जुमा ल्याएको छ तर यसले सार्थकता भने पाएको छैन् ।
कुखुराको मासु र अण्डा सस्तो प्रोटिनको श्रोत हो । यसमा उच्च मात्रामा प्रोटिनका साथै मानव जिवनलाई चाहिने अन्य अत्यावश्यक भिटामिनहरु, खनिज पदार्थहरुमा क्याल्सियम, फस्फोरस र आइरन पनि पाइने हुनाले खाद्य सुरक्षाको दृष्टिकोणले यो अगाडि भएकोले कुखुराको मासु तथा मासुजन्य पदार्थहरुको खपत बढीरहेको छ । कुखुराको उत्पादन बढीरहेकोले कुखुराको मासु र अण्डा निम्न वर्गका मानिसहरुदेखी उच्च स्तरको मानिसको जिवनशैलीमा खाद्य सुरक्षाको लागि सस्तो प्रोटिनको श्रोत बनेको छ ।
नेपालमा कुखुराको मासु र अण्डा प्रति व्यक्ति उपभोग स्तर न्युन रहेको तथ्यांकले देखाएको छ । नेपाल सरकारको पंक्षीपालन निती २०६८ अनुसार पंक्षी व्यवसायलाई प्रतिस्प्रधी र बजारमुखी उद्योगको रुपमा स्थापित गरी प्रति व्यक्ति प्रति बर्ष मासु र अण्डाको हालको उपलब्धता १.८२ केजी र २५ ओटालाई आगामी १५ बर्षभित्र तेब्बर गरीने र जैविक विविधताको संरक्षण गरीने लक्ष्य रहेको छ । अर्कातिर अहिले विश्वको अति विकसित देशमा भने प्रतिव्यक्ति मासु ११० के.जी. भन्दा माथी रहेको तथा विश्व जनसंख्याको औषत भने ४२ के.जी रहेको तथ्यांक छ ।
तसर्थ कुखुराको मासु र मासुजन्य पदार्थ मानिसको लागि एक अत्यन्तै आवश्यक खाद्य पदार्थ बनेको छ, तर यो एक अति पौष्टिक तत्व भएकोले यसलाई हानिकाक जिवाणुहरुले पनि छिट्टै आक्रमण गरी मासुको गुणस्तरमा ह««ास ल्याई मासुलाई उपयोगी पदार्थको बदला हानिकारक पदार्थमा परीणत गरीदिन्छ । अस्वस्थ मासु सेवन गर्नाले मानिसको शरीरमा विभिन्न प्रकारका रोगहरु समेत प्रवेश गर्न सक्छन् जस्तै कोलिव्यासिलोसस्, फुड प्वाइजन, सालमोनेलोसिस, क्याम्पाइलोव्याक्टेराीयोसिस । अहिलेको अवस्थामा मानिसहरुमा कुखुराको मासु सेवन गरेर एन्टिबायोटिक रेजिस्टेनको समेत समस्या रहको तथ्यांक पाइन्छ ।
कुखुरामा प्रयोग भएका एन्टिबायोटिक र तुरुन्तै बजारमा पठाँउदा यस्तो समस्या देखापरेको हुन सक्ने सम्भावना देखिएको पाइएको छ । यसरी कम गुणस्तरको मासु एवं मासुजन्य पदार्थको सेवनबाट मुक्त रहन, सफा र गुणस्तरयुक्त एवं पौष्टिक मासुको सेवन गर्न निम्नाअनुसारको उपायहरु अपनाउनु आवश्यक छ ।
–सफा मासु पसलबाट मात्र मासु किन्ने ।
–मापदण्ड अनुसार संचालन गरीएको पसलबाट मात्र मासु किन्ने ।
–चिस्यान पारीएको मासु अथवा फ्रिजमा राखिएको मासुको सेवन गर्ने बानी बसाल्नु राम्रो मानिन्छ ।

माथि उल्लेखित सबै जानकारीहरु नियमित रुपमा सेवन गर्ने हो भने मासुको गुणस्तरमा वृद्धि आउनुका साथै सफा मासु उत्पादनमा निकै टेवा पुगी जनमानसको स्वास्थ्यमा सुधार आउने र कुखुरापालक कृषकको आयमा समेत वृद्धि हुन्छ । सफा र गुणस्तर मासुको उत्पादन बिक्रि वितरण गर्न मासुको ढुवानी र भण्डारण तर्फ पनि ध्यान दिनु पर्दछ, जसले गर्दा स्वच्छ मासुको सेवन गरी स्वस्थ जिवन बिताउन सकिन्छ ।

लेखक :-डा. रुपेन्द्र चौलागाँई: उप–निर्देशक ,भ्याली गु्रप अफ पोल्ट्रि इन्डस्ट्रिज

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी