काठमाडौं ,असोज ६ ।
स्वास्थ्य मन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तका विषयमा संसदमा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तथ्य सहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार प्रमुख र आयुक्तको विषयमा छलफल गर्न सकिने बताउनु भयो ।
उहाले भन्नुभयो प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसदमा छलफल गर्न मिल्ने तर अख्तियार प्रमुखका बिषयमा नमिल्ने भन्ने हुदैन ।
उनीहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफल पछिको विभाजनले देखाउने बताउदै थापाले आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसदमा दर्ता गराएको बताउनुभयो ।
यस्तै मन्त्री थापाले चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै यसको छिटै छानबिन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै उहाँले यस विषयलाई सर्वाेच्च अदालतमा समेत छलफलको विषय बनेको बताउनुभयो ।