गोविन्द केसीको अनशन एक साताका लागी स्थगीत

गोविन्द केसीको अनशन एक साताका लागी स्थगीत

  • सोमवार, अशोज ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौं,३ असोज ।
सरकारले आफुसँग सहमती गरेर पनि माग पुरा नगरेको भन्दै आजदेखि अनशन बस्ने घोषणा गर्नुभएका डा. गोविन्द केसीले एक साताका लागी अनशन स्थगित गर्नुभएको छ ।
केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो अनशन एक हप्तापछि सारेको बताउनु भएको हो ।

पत्रकार सम्मेलनपछि वितररित विज्ञप्ती निकालेर डा केसीले सरकारले आज ४ मध्ये तीन बुँदा कार्यान्वयन गर्ने लिखित खाका प्रस्तुत गरेको पनि जानकारी गराउनु भएको छ ।

‘कार्यान्वयनका लागि थप केही समय दिन उचित हुने निश्कर्षमा पुगेकोले आज सुरु हुने भनिएको आमशरण अनशन कार्यक्रम एक हप्तापछिलाई सारेको जानकारी गराउँछु’, केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

लिखित खाका प्रस्तुत गरिएको बुँदा कार्यान्वन प्रक्रियामा नगए र एक हप्ताभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया संसदले सुरु नगरे असोज १० गते ४ बजेदेखि अनशन बस्ने पनि घोषणा गर्नुभयो ।

मेडिकल शिक्षा सुधारको माग गर्दै यसअघि ८ पटक आमरण अनशन बसिसक्नुभएका डा केसीले आफूसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नवौ पटक अनशन बस्ने चेतावनी दिनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी