पियूषको सफलता, चुमे ‘फेस अफ दी वर्ल्ड’ को तेस्रो स्थान

पियूषको सफलता, चुमे ‘फेस अफ दी वर्ल्ड’ को तेस्रो स्थान

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको ‘फेस अफ दी वर्ल्ड २०१६’ मा तेस्रो स्थान हात पारेका छन् । ‘फेस अफ दी वर्ल्ड २०१६’ मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगीतामा तेस्रो स्थान हात पारेका हुन् ।
१७ सेप्टेम्बरमा लण्डनको बर्लिङ्गटन होटलमा भएको फेस अफ दी वर्ल्ड २०१६ पियूषले बेस्ट रनवे विनर २०१६ को  उपाधि पनि हात परेका छन् । “फेस अफ दी वल्र्ड २०१६” मा पहिलो पटक नेपालबाट मोडल पियूष कर्णले सहभागिता जनाएका हुन् ।
पियूषले नेपाललाई विश्वमाझ चिनाउनका लागि आफ्नो प्रयास सफल भएको बताएका छन् । लण्डनबाट पियूषले दिएको जानकारी अनुसार उनी ‘फेस अफ दी वर्ल्ड’ नेपालका डायरेक्टरमा पनि नियुक्त भएका छन ।
poyus-2
 पियूष २२ सेप्टेम्बरमा नेपाल फर्किदैछन् । नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिति जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । बीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट उच्च शिक्षा हासिल गरेका हुन् ।
piyus-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी