काठमाण्डौ, २ असोज । सरकारले संविधान दिवसमा ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
चार दिने भारत भ्रमणबाट आज अपरान्ह स्वदेश फर्किनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संविधान दिवसमा चालिस प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिको अपराधमा संलग्न नभएका ६५ वर्ष उमेर नाघेका ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
बैठकमा भारत भ्रमणका समीक्षा, संविधान संशोधनको तयारी, सोमबारको संविधान दिवस लगायतका विषयमा छलफल भएको छ ।
कृषिमन्त्री गौरीशंकर थारुले प्रधानमन्त्री भारत भ्रमण सफल भएको निश्कर्ष मन्त्रिपषिद्ले निकालेको बताउनु भयो ।
उहाँले भन्नुभयो प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा भयो र यो अत्यन्त सकारात्मक एवं सफल भएको निश्कर्षमा हामी पुगेका छौं ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline