सरकारले आज देखि तीन दिन सम्म संविधान दिवस मनाउदै

सरकारले आज देखि तीन दिन सम्म संविधान दिवस मनाउदै

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ असोज २ ।
आज देखि पर्सी मङगलबार सम्म सरकारले विभिन्न कार्यक्रम गरीे पहिलो संविधान दिवस मनाउदै छ । गत वर्ष असोज ३ गतेका दिन संविधानसभाबाट संविधान घोषणा भएको सम्झनामा संविधान दिवस मनाउन लागिएको हो ।

व्यवस्थापिका संसदले आज विशेष समारोह आयोजना गरेको छ । दिउँसो हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान्यायाधीश, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट कर्मचारी, सांसद लगायतको उपस्थिति हुने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने भोली हुने मूल समारोहमा सहभागी भएर अमेरिका जाने कार्यक्रम रहेको छ । सरकारले भोली बिहान सैनिक मञ्चमा संविधान दिवसको विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सरकारद्वारा गठन गरिएको संविधान दिवस मूल समारोह समितिले तीन दिन प्रचारप्रसार, राष्ट्रिय गीत, दीपावली, सेनाद्वारा तोप र बन्दुकको बढाई सहित विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवसको रूपमा मनाउने तयारी गरेको हो ।

यसैबिच नेकपा एमालेले भोली छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने जनाएको छ । सरकारले संविधान विरोधी मोर्चासँग सहकार्य गर्दै संविधान कार्यान्वयन रोक्ने योजनाका साथ अघि बढ्न थालेको भन्दै एमालेले छुट्टै तवरले संविधान दिवस मनाउन लागेको हो ।

यस्तै संविधानमा आफ्ना मुद्दा नसमेटिएको भन्दै पहिलो संविधान दिवसकै दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनले कालो दिवसको रुपमा मनाउने भएको छ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलले संविधान दिवसकै दिन कालो दिवस मनाउने र कालोझन्डा प्रदर्शन गर्ने कार्यक्रम राखेकोमा एमालेले भने असन्तुष्टि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ