तामाङ युथ सोशाइटी अफ जापानद्धारा संकलित रकम मृतक तामाङको परिवारलाई हस्तान्तरण

तामाङ युथ सोशाइटी अफ जापानद्धारा संकलित रकम मृतक तामाङको परिवारलाई हस्तान्तरण

नाङसाल क्लब नेपालको ६९ औं साहित्यिक तथा समिक्षा कार्यक्रम सम्पन्न

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौ २ असोज । 

अध्यायनका शिलशिलामा जापान बसाईका क्रममा निधन भएका रमेश तामाङको परिवारलाई सहयोग स्वरुप तामाङ युथ सोशाइटी अफ जापानले संकलन गरेको रकम हस्तान्तरण गरिएको छ ।

नाङसाल क्लब नेपालको ६९ औं साहित्यिक कार्यक्रमका अवसरमा राजधानीको पुतली सडकस्थित नेपाल तामाङ घेदुङको हलमा हिजो आयोजित कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि पूर्व नेपाली राजदुत डा. गणेश योन्जनले साशाइटीले संकलन गरेको पाँच लाख ६१ हजार ८९ रुपैयाँ रकम मृतक तामाङको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै डा. योन्जनले तामाङ युथ सोशाइटीले गरेको अभियानको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

photo-88

नेपाली विद्यार्थीहरुको जापान बसाई त्यति सहज नरहेको उल्लेख गर्दै उहाँले विभिन्न शिलशिलामा जापान पुगी समस्यामा परेका नेपालीको साथ र सहयोगका लागि आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गर्नुभएको छ ।

तामाङको शव नेपाल ल्याउनका लागि सोशाइटीले उक्त रकम जापानवासी नेपालीहरुमाझ संकलन गरेको तामाङ युथ सोशाइटी आफ जापानका प्रतिनिधि अखिल तामाङले जानकारी दिनुभयो । रमेश तामाङको केही महिना अघि हृदयघातबाट टोक्योमा निधन भएको थियो ।

photo

कार्यक्रममा बोल्दै तामाङले आगामी दिनमा पनि यस्तै साथ सहयोगको कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाउनु भएको छ । रकम संकलन अभियानका क्रममा सोशाइटीले टोक्योस्थित विभिन्न नेपाली रेष्टुरेन्टहरुमा डोनेशन बक्स समेत स्थापना गरेको थियो ।

photo-2

कार्यक्रममा छारगोङमा मासिकका सम्पादक एवम् अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव प्रतिक ङेसुर, नेपाल तामाङ घेदुङका महासचिब बाबु घिसिङ, स्रष्टा समाजका अध्यक्ष नेपाल प्रसाद स्याङतान लगायतले आ–आफ्नो धराणा राखेका थिए ।

स्वर्गीय तामाङको आमा देवीमाया पाख्रीनले ‘विभिन्न संघ संस्था लगायत तामाङ समुदाय तथा अन्य समुदायलाई विदेशमा रहेर पनि आफूहरुको दुखमा साथ दिएकोमा धन्यवाद त्रापन गर्नुभएको छ ।

photo-5

यसैबीच कार्यक्रममा सन्चारकर्मी तीर्थमान बलको हालै मात्र प्रकाशनमा आएको छार होइसेर नामक गजल संग्रहको समेत समिक्षा भएको थियो । गजलकार खोजराज गोले र साहित्यकार सृर्जना गोलेले पुस्तकमाथि समीक्षा गर्नुभएको हो।

prg-photo

कार्यक्रममा कविराज काल्तान, वाङ्जु वाइबा, ङेमा थाङ्पाल, रञ्जना मोक्तान, चन्द्रीका मोक्तान, पञ्चामाया पाख्रीन, सानुमाया तामाङ, सत्तलसिं योञ्जन, माया लामा, जगतमान बल लगायतका स्रष्टाहरुले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी