शान्ति स्थापना गर्न अहिंसात्मक उपायको अवलम्वन गर्नु आवश्यक

शान्ति स्थापना गर्न अहिंसात्मक उपायको अवलम्वन गर्नु आवश्यक

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ,३१ भदौ ।मुलुकमा न्याय र शान्ति स्थापना गर्न अहिंसात्मक उपायको अवलम्वन गर्नु आवश्यक रहेकोमा राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
शान्तिका लागि साझा अभियान (कोक्याप)को आयोजनामा सम्पन्न प्रभावकारी अहिंसात्मक विरोध : एक प्रयोगात्मक विषयक कार्यशालाका सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा वार रेसिस्टर्स इन्टरनेशनलका अहिंसा अभ्यासकर्ता सुवास चन्द्र कट्टेलले अहिंसका प्रयोगात्मक र सैद्धान्तिक जानकारी दिएका थिए ।उनले अहिंसाको परिभाषा,महत्व र परिभाषा,शान्तिपूर्ण विरोध प्रदर्शनका व्यक्तिगत ,राजनैतिक र रचनात्मक उपाय,अहिंसा दर्शन लगायतका विषयमा सहभागीलाई जानकारी दिएका थिए ।
कोक्याप स्वयंसेवी कोर ग्रुपका संयोजक देवेन्द्र रसाइलीको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन केन्द्रीय सदस्य पूर्ण दर्नालले गरेका थिए ।कार्यक्रममा कोक्याप आवद्ध तीस जना स्वयंसेवकको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ