प्रधानमन्त्री दाहालले आज उच्चस्तीय राजनीतिक भेटवार्ता गर्दै

प्रधानमन्त्री दाहालले आज उच्चस्तीय राजनीतिक भेटवार्ता गर्दै

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमान्डौ भदौ ३१ ।
भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले आज देखि उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।

दाहालले केहिवेरमा राष्ट्रपति भवनमा हुने औपचारिक स्वागत समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ भने दाहालले महात्मा गान्धीको समाधि स्थलमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी विहान साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दाहाललाई भेट्ने कार्यक्रम तय गरिएको छ भने साढे ११ बजे दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको बताईको छ ।

दुई प्रधानमन्त्रीबीचको भेटपछि आजै १ बजे सम्झौतापत्रको आदानप्रदान र संयुक्त वक्तव्य सार्वजनिक गरिने जनाइएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री दाहालले भारतीय अर्थमन्त्री अरूण जेट्लीलेसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । दाहालले आजै साझ ६ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ । दाहाल र भारतीय राष्ट्रपतिविच दुइ देश विचको सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ ।

त्यसै गरी भोली विहान उहाँ हिमाञ्चलको एक जलविद्युत् आयोजनाको अवलोकनका लागि जानु हुने बताइएको छ । भोली ६ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहले दाहाललाई भेट्ने कार्यक्रम रहेको छ ।

चार दिने औपचारीक भ्रमणका लागि दाहाल हिजो भारतको दिल्ली जानु भएको हो । पर्सि आइतबार भने प्रधानमन्त्री दाहाल स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ