भूपू गोर्खाको युरोपियन कोर्टमा पनि पराजय

भूपू गोर्खाको युरोपियन कोर्टमा पनि पराजय

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,भाद्र ३० ।

युरोपियन कोर्ट अफ ह्यूमन राइट्सले पेन्सनमा कुनै भेदभाव नभएको भन्दै भूपू गोर्खाहरुको विपक्षमा बिहीबार बिहान फैसला सुनाएको छ ।

कोर्टले त्रिपक्षीय सन्धि अनुसार भेदभाव भएको छैन् भनेर फैसला गरेपछि भूपू गोर्खाहरुले अब कानुनी लडाईं लड्ने आधार सकिएको छ ।

भूपू गोर्खाहरुले गोरा सरह समान पेन्सन माग गर्दै युरोपेली अदालतमा दायर गरेको मुद्दामा फ्रान्सको स्ट्रासबर्गस्थित राइट्सले आज फैसला गर्दै उनीहरुको विपक्षमा फैसला गरेको हो ।

ग्र्याण्ड च्याम्बरमा मंगलबारदेखि शुरु भएको सुनुवाइ आज बिहान टुंगिएको थियो ।

भूपू गोर्खाहरुको एउटा अग्रणी संस्था ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस), ०९७ साल अघि अवकास लिएका (प्रि ९७) को तर्फबाट सुवर्ण क्षेत्री र पोष्ट ९७ टेस्ट केसमा बिजिडब्लुएस अध्यक्ष मेजर (रिटायर्ड) टिकेन्द्रदल देवानले सन् २०११ मा फरक फरक ढंगबाट मुद्दा दायर गरेका थिए ।

बिजिडब्लुएस अध्यक्ष देवानले सन् १९४८ देखि सेवा गरेका समस्त भूपू गोर्खाहरुको हितका लागि गरिएको मुद्दामा हार बेहोर्नुपरेको बताउनु भयो ।

देवानका अनुसार मुद्दामा करिव एकलाख पाउण्ड खर्च भएको छ । बेलायती अदालतले न्याय नदिएको भन्दै बिजिडब्लुएस युरोपेली अदालत पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी