आज राष्ट्रिय बाल दिवस

आज राष्ट्रिय बाल दिवस

  • बुधबार, भदौ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमान्डौ भदौ २९ ।
आज राष्ट्रिय बाल दिवस, मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदै छ ।

दिवसका अवसरमा मुलुकभरका बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन्। दिवसको यस वर्षको नारा सम्बद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने तय गरिएको छ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार काठमाडौं उपत्यकामा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।

जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार अर्थात कूल जनसंख्याको ३९.८ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ