साङगितीक क्षेत्रमा नवगायक खगेन्द्रको आगमन

साङगितीक क्षेत्रमा नवगायक खगेन्द्रको आगमन

  • मङ्लबार, भदौ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ, २८ भदौ ।

नवगायक खगेन्द्र साउँद हालै एउटा मर्मस्पर्शि भावसहितको गीतका साथमा नेपाली साङगितिक क्षेत्रमा देखापरेका छन् ।

डबल बमको शब्द रचना, रोशन गुरुङको संगीतमा उनले “तिमी बिना मर्छु होला” बोलको गीत बजारमा ल्याएका हुन् । यस गीतमा संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।

एकल गीती एल्बमको तयारीमा रहेका सुरिलो आवाजका धनी नवगायक खगेन्द्र प्राय सबै प्रकारका गीत संगीत सुन्न र गाउन रुचाउँछन् । बिशेषगरि सुगम संगीतमा आफ्नो लगाव रहेको उनको भनाई छ ।

कैलालीको टीकापुर, ९का स्थायी बासिन्दा उनले हाल काठमाण्डौ कालीमाटिस्थित जुबिलेन्ट कलेजको बिज्ञान बिभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् भने सोही कलेजमा ३ बर्षदेखि भौतिक बिज्ञान बिषयको अध्यापन गर्दै आईरहेका छन् ।

संगीतमा सानैदेखि अभिरुचि भएका खगेन्द्रले संगीत बिषय लिएर अध्ययन गर्ने सोच बनाए पनि बिज्ञान बिषय नै लिएर पढ्नुपर्छ भन्ने परिवारको सुझावलाई नकार्न सकेनन् । यद्धपी अध्ययनपछिको खाली समय भने संगीतमै बिताएको उनको भनाई छ ।

आफ्नो प्रेरणाको स्रोतको रुपमा कैलालीका पत्रकार दिपेन्द्र भण्डारी र हरि रेग्मिको नाम लिन्छन् । पछिल्लो पटक जुबिलेन्ट कलेजका प्रिन्सिपल ऋषि न्यौपानेको हौसलाले आफुलाई सांगितीक क्षेत्रमा अघि बढ्न थप उर्जा प्राप्त भएको उनले बताए ।

उसो त आफ्ना सहकर्मि शिक्षक तथा बिद्यार्थी र साथीहरुले पनि आफुलाई दिएको हौसला भुल्न नसक्ने गायक बताउँछन । मिर्मिरे अनलाईनसंगको कुराकानीका क्रममा यस गीतको भिडियो यसै साता दर्शक तथा स्रोताहरुले हेर्न र सुन्न सक्ने उनले बताए ।

यस्तै आफ्नो पहिलो गीतमा भएको कमी कमजोरी औल्याईदिन पनि अग्रजसंग उनको आग्रह छ । नवगायक खगेन्द्रको आगामी साङगितीक यात्रा निरन्तर अघि बढोस् हाम्रो पनि शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी