चिकित्सक संघको अध्यक्षमा डा. मुक्तिराम निर्वाचित

चिकित्सक संघको अध्यक्षमा डा. मुक्तिराम निर्वाचित

  • सोमवार, भदौ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, भदौ २७ ।

नेपाल चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा. मुक्तिराम श्रेष्ठ १ हजार ६ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

डा. श्रेष्ठका प्रतिद्वन्द्वी डा. रमेश ढकालले १ हजार १ सय ३२ मत प्राप्त गर्नुभयो । कांग्रेस निकट प्रजातान्त्रिक समूहले कोषाध्यक्ष पदबाहेक कार्यसमितिका अन्य सबै पदमा विजय प्राप्त गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा डा. ढुण्डिराज पौडेलले १ हजार ६ सय १७, उपाध्यक्षमा डा. मुकुन्द दाहालले १ हजार ५ सय ९ र महासचिवमा डा. लोचन कार्की १ हजार ३ सय मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा भने समावेशी समूहका डा. रक्षा श्रेष्ठले १ हजार ४ सय ३९ मत प्राप्त गरी विजयी हुँदा सहसचिवमा डा. अभिमन्यू झा १ हजार ४ सय ५८, सहकोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी १ हजार ३ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सदस्यमा सञ्जीव तिवारी, शैलेश प्रधान, अनिलविक्रम कार्की, कृष्ण पौडेल, विश्वराज दवाडी र बद्री रिजाल निर्वाचित हुनुभएको छ । उपत्यका र उपत्यका बाहिर दुई चरणमा सम्पन्न निर्वाचनमा २ हजार ८ सय ६९ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी