भवन आचार संहिता सरकारले कडाईका साथ लागु गर्ने

भवन आचार संहिता सरकारले कडाईका साथ लागु गर्ने

  • आइतवार, भदौ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

भदौ २६ काठमाण्डौं । सरकारले अबदेखि भवन आचार संहिता राजपत्रमा प्रकाशित गरी कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  यस्तै एकै पटक विभिन्न १२ जना सचिवहरुलाई सरकारले सरुवा गरेको छ ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोग, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट रक्षा, लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकूदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकूद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्ट, धनबहादुर तामाङलाई जल तथा उर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पयर्टन तथा नागरिकबाट आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत पनि गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ