काठमान्डौ भदौ २६ ।
पोखराको फिर्केखोला पार गर्ने क्रममा मोटरसाइकल सहित तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति विरुवाफाँटस्थित फेवा नहरमा मृत अवस्थामा भेटिएका छन् ।
कास्की जिल्लाको कालिका गाविसका २१ वर्षीय सुरविर जिसी नहरमा तीन दिनपछि आज बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बेपत्ता भएका जिसीले प्रयोग गरेको मोटरसाइकल दुईसय मिटर तल भेटिएको थियो ।
वर्षासँगै पोखराको बीच भागबाट बग्ने फिर्केखोला उर्लिँदा यसअघि पनि चारजनाले ज्यान गुमाइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline