शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने

शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २५ भदौ ।
शहरी विकास मन्त्रालयले भूकम्पपछिको पुनरनिर्माण र व्यवस्थित शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने तयारी गरेको छ ।

नव नियुक्त शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले व्यवस्थित शहरी विकास निर्माणका साथै भूकम्पपछिको पुनरनिर्माणलाई तीव्रता दिने गरी कार्ययोजना ल्याउन निर्देशन दिएपछि मन्त्रालयले २३ बुँदे कार्ययोजना तयार पारेको हो ।

सरकारले नगरविकास समितिहरुको प्रभावकारी परिचालन र आवास व्यवस्था लगायत शहरी विकास मन्त्रालयको समग्र सुधारका लागि २३ बुँदे कार्ययोजना ल्याउन लागेको मन्त्रालयका प्रवत्ता शिवहरि शर्माले जानकारी दिनुभयो ।

विनाशकारी भूकम्प गएको ढेड वर्ष पुग्दा समेत पुनरनिर्माणले गति लिन नसकेको र कतिपय ठाउँमा अव्यवस्थित बस्ती निर्माण हुन थालेपछि मन्त्रालयले भवन सहिंताको कडाईका साथ पालना गर्ने गरी व्यवस्थित शहरी विकासको नयाँ कार्ययोजना अघि सारेको छ ।

मन्त्रालयमा भोली पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री केसीले उक्त कार्य योजना सार्वजनिक गर्ने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ