२५ भदौ, चितवन ।
शिक्षामन्त्री धनिराम पौडेलले वर्तमान सरकारले संबिधान कार्यान्वयन गर्नेमा ढुक्क रहन आग्रह गर्नुभएके छ ।
चितवनको माडीमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पौडेलले सरकारको प्रमुख प्राथमिकता नै संबिधान कार्यन्वयन रहेकाले असन्तुष्ठ पक्षको माग संबोधन गरि संबिधान कार्यान्वयन गराएरै छाड्ने दाबी गर्नुभयो ।
राजनीतिक स्थायित्व र संविधानको कार्यन्वयनका लागि वर्तमान सरकारले काम गरिहेको भन्दै उहाले ढुक्क रहन आग्रह गर्नुभयो ।
यस्तै उहाले सरकारले घोषणा गरेकै मितिमा तीनै तहको चुनाव गर्ने बताउनु भयो ।
मन्त्री पौडेलले राज्यले शिक्षा क्षेत्रमा लागानी अनुसारको सन्तोषजनक प्रतिफल आउन नसकेको बताउनु भयो ।
निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुको स्तर कमजोर रहेको भन्दै उहाले त्यसलाई आफ्नै कार्यकालमा सुधार गर्ने दाबी पनि गर्नुभयो । शैक्षिके गुणस्तर सुधारको लागि दरबन्दी समायोजन गर्ने उहाको भनाई छ ।