स्वास्थ्य क्षेत्रलाई व्यवसायका रुपमा नहेर्न कांग्रेसलाई नेता नेपालको आग्रह

स्वास्थ्य क्षेत्रलाई व्यवसायका रुपमा नहेर्न कांग्रेसलाई नेता नेपालको आग्रह

  • शुक्रबार, भदौ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, भदौ २४ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ ।

मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

नेता नेपालले मनमोहनको नाममा खोलिएको प्रतिष्ठानमा विरोध नगर्न कांग्रेसलाई चेतावनी समेत दिनु भयो ।
स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्ने भन्दै उहाँले स्वास्थ्यलाई नाफामूलक व्यवसायका रुपमा नलिन पनि आग्रह गर्नु भयो ।

शिक्षा, स्वास्थ्यलाई सर्वसुलभ बनाउन आवश्यक रहेको भन्दै उहाँले चिकित्सा नीति ल्याउन सरकारलाई सुझाव दिनु भयो ।

सो कार्यक्रममा अन्य वक्ताहरुले भने शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव रहेकोले स्वास्थ्यलाई ग्रामीण केन्द्रित बनाउनु पर्ने धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी