‘नेपालका नेता’को साथमा आउँदैछन् गायक थापा

‘नेपालका नेता’को साथमा आउँदैछन् गायक थापा

  • बुधबार, भदौ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, २२ भदौ।

लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन ।

लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् । उनको पहिलो गीत अन टेस्ट हुँ म छैन लभरले निकै राम्रो चर्चा पनि बटुलेको थियो ।

आफ्नै रचना, लय र स्वर दिएका गायक थापालाई उक्त गीतमा उनकी जीवन संगीनी चित्रकला बुढाले पनि साथ दिएकी छन् । पुर्व सञ्चारकर्मि समेत रहेका थापाको मिठो आवाजलाई स्रोताले उनी उत्तिकै रुचाईरहेका छन् ।

थापाको आवाजमा आउँदै गरेको ‘नेपालका नेता’ बोलको गीतको रचना चित्रकला बुढाले गरेकी छन् भने नारायण कार्किको लय रहेको छ । कैलाली टीकापुरका स्थायी बासिन्दा थापाले केही दिनमै आफ्नो नयाँ गीत अनामनगरस्थित बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गर्दैछन् ।

थापाको अब आउने गीतमा नेपालको पछिल्लो राजनितिक परिवेशलाई व्यङ्ग्य प्रहार गरिएको एकसाथ सुन्न र हेर्न सकिनेछ । गित रेकर्ड गरेसंगै भिडियो सुटिङको तयारीमा लाग्ने उनले बताए । गायक थापाको सांगीतिक यात्रा निरन्तर अघि बढदै जाओस हाम्रो शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी