प्रधानमन्त्री आज आफ्नो भारत भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल गर्दै

प्रधानमन्त्री आज आफ्नो भारत भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल गर्दै

  • बुधबार, भदौ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २२ भदौ ।
आगामी भदौ ३० गतेदेखि हुने भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज विभिन्न बुद्धिजिवी तथा व्यवसायीहरुसाग परामर्श गर्दै हुनुहुन्छ ।

भारत भ्रमणलाई फलदायी बनाउने प्रयासमा प्रधानमन्त्री दाहालले आज कुटनितिक क्षेत्रका विज्ञहरुका साथै बुद्धिजिवी, तथा उद्यागी व्यवासायीहरुसाग छलफल गर्न लाग्नु भएको हो ।

दिउँसो २ बजे सिंहदरबारमा बुद्धिजिवीहरुसँग हुने छलफलमा दाहालले आफ्नो भ्रमणका क्रममा नेपालका तर्फबाट उठाइने दुई पक्षीय सरोकारका विषयमा कुराकानी गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालले प्राथमिकता दिनुपर्ने विषयमा बुद्धिजिवीहरुसँग राय लिनु हुने बताइएको छ ।

यस्तै उहाँले आजै अपरान्न ४ बजे सरकारी निवास बालुवाटारमा विभिन्न क्षेत्रका व्यवसायीहरुसँग परामर्श गर्ने तयारी गर्नुभएको छ ।

भारतसँग भइरहेको व्यापारिक घाटा कम गरी नेपालको हितमा व्यापारिक वातावरण बनाउने बारे प्रधानमन्त्री दाहालले उद्याग व्यवसायीसँग छलफल गर्न लाग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ