पहिरोमा ज्यान गुमाएकाका र विस्थापित परिवारप्रति नेकपा (माओवादी) ताप्लेजुङको दुःख व्यक्त

पहिरोमा ज्यान गुमाएकाका र विस्थापित परिवारप्रति नेकपा (माओवादी) ताप्लेजुङको दुःख व्यक्त

  • सोमवार, भदौ २०, २०७३
  • आलोक माबोहाङ लिम्बु

  • 10.8K
    SHARES

भाद्र, ताप्लेजुङ ।
नेकपा (माओवादी) जिल्ला संगठन समिति, ताप्लेजुङले पहिरोमाज्यानगुमाएकाका र विस्थापित परिवार प्रतिआजप्रेस विज्ञप्ति निकालेर दुःखव्यक्त गरेको छ ।
ताप्लेजुङमापहिरोमा परी बिमला मगर, छोराहरु ९ वर्षकाललित र ७वर्षकामनोज मगर र ताप्लेजुङ नगरपालिका ८ कीदिलकुमारी पालुङवा (सुब्बामाईली) को मृत्यू भएको छ । भिषण वर्षाकाकारणपहिरोमा परी ज्यानगुमाएकाताप्लेजुङ नगरपालिका वडा नं. २ मगर त्रय र ताप्लेजुङ नगरपालिका ८ दिलकुमारीको परिवार प्रति समवेदनाव्यक्तगरिएको छ ।

“ताप्लेजुङ नगरपालिकाको २, ५, ६, ७, ८ र ९ वडाको अधिकांश (१००) स्थान बढीमा पहिरो गएको छ । पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी ५० घर बढीमा क्षतिपुगेको, ताप्लेजुङ नगरपालिका ८ मापहिरोले सबैभन्दा धेरै घर र भूभागमाक्षति गरेको छ । नगरपालिकाको वडा नम्बर २ मा ३२ घर पहिरोले बगाएको छ । सो परिवारका १ सय ५५ जनाविस्थापितभएका छन् । विभिन्न स्थानमाजोखिममा परेका घर र परिवारलाई सुरक्षित राख्न र पार्टीकाकार्यकर्तालाई उद्धार र राहतको लागि जुट्न निर्देशनगरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आमताप्लेजुङ सदरमुकाम फुङलिङका हरेक व्यवसायीलाई कालो बजारी र वस्तको कृतिम अभावनगर्न पनि अनुरोध गरेको छ । “यस प्राकृतिकप्रकोपकाकारण ताप्लेजुङ नगरपालिकामाभएको क्षति र मोटरबाटो अबरुद्ध भएको अवस्थालाई कारण बनाई कुनै पनिप्रकारकाव्यवसायीले महंगी, कालो बजारी र वस्तुको कृतिम अभावनगरिदिन समेत अनुरोध गरिन्छ ।

यदिमोटरबाटो अबरुद्ध भएको अवस्थालाई कारण बनाई कृतिम अभाव र कालो बजारी गरेको पाईएमा त्यसबाट आईपर्ने समस्याको जवाफदेहि सम्बन्धितव्यवसायीआफैँ जवाफदेहि हुनुपर्ने जानकारी समेत गरिन्छ ।” जिल्ला सेक्रेटरी आशिषद्वारा जारी विज्ञप्तिमा उल्लोख छ ।

taplejung-pahiro
नेपाल सरकारसँग मृतक परिवार र पहिरो प्रभावितलाई एकमुष्ठ क्षतिपूर्तिको रकमप्रदानगर्न समेत अनुरोध गरेको छ । अबरुद्ध मेची राजमार्ग सरकारसँग प्राप्त सम्पूर्ण शक्तिको प्रयोग गरी खुलाउन र यातायात सुचारु गराउनपनिआग्रहगरिएको छ ।

विज्ञप्तिको परै अंश यस्तो छ ।

हाम्रो महान् तथागौरबशाली पार्टी नेकपा (माओवादी) ले जनजिवीकासँगप्रत्यक्ष सरोकार राख्ने विषयहरू स्वास्थ्य, शिक्षा, विकास, दलाल, पूँजीपति, भ्रष्टचारी, कालो बजारी, महंगी, तस्करको बिरुद्धमा संघर्ष चलाउँदै आएको सर्बविदित छ । जनताको बीचमा रहेर जनताको नजजीविकाको विभिन्न सरोकारको विषयलाई उठाउँदै आएको छ ।
यसै क्रममाभाद्र १७गते बेलुकीदेखि १८ गते बिहानसम्म परेको भिषण वर्षाकाकारण १८ गते बिहानताप्लेजुङ नगरपलिकाको विभिन्न स्थानमापहिरो गई करोडौँको धनजनको क्षतिभएको छ । पहिरोमा परी ताप्लेजुङ नगरपालिका २ मा ३ जना र ताप्लेजुङ नगरपालिका ८ मा १ जनाको मृत्यू भएको छ । यस प्रतिहाम्रो पर्टी नेकपा (माओवादी) गहिरो दःखव्यक्तगर्दै, शेकाकुल परिवार प्रति समवेदनाव्यक्तगर्दछ । उक्तपहिरोबाट विस्थापित परिवारलाई यथासीघ्र पुर्नस्थापना, राहत, घाईलतेलाई निःशुल्क स्वास्थ्यउपचार र क्षतिपूर्तिको व्यवस्थागरिदिन नेपाल सरकारसँग जोडदार मागगर्दछ ।
ताप्लेजुङ नगरपालिकाको २, ५, ६, ७, ८ र ९ वडाको अधिकांश (१००) स्थान बढीमा पहिरो गएको छ । पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी ५० घर बढीमा क्षतिपुगेको, ताप्लेजुङ नगरपालिका ८ मापहिरोले सबैभन्दा धेरै घर र भूभागमाक्षति गरेको छ । नगरपालिकाको वडा नम्बर २ मा ३२ घर पहिरोले बगाएको छ । सो परिवारका १ सय ५५ जनाविस्थापितभएका छन् । विभिन्न स्थानमाजोखिममा परेका घर र परिवारलाई सुरक्षित राख्न र पार्टीकाकार्यकर्तालाई उद्धार र राहतको लागि जुट्न निर्देशनगरिन्छ ।
यस प्राकृतिकप्रकोपकाकारण ताप्लेजुङ नगरपालिकामाभएको क्षति र मोटरबाटो अबरुद्ध भएको अवस्थालाई कारण बनाई कुनै पनिप्रकारकाव्यवसायीले महंगी, कालो बजारी र वस्तुको कृतिम अभावनगरिदिन समेत अनुरोध गरिन्छ । यदिमोटरबाटो अबरुद्ध भएको अवस्थालाई कारण बनाई कृतिम अभाव र कालो बजारी गरेको पाईएमा त्यसबाट आईपर्ने समस्याको जवाफदेहि सम्बन्धितव्यवसायीआफैँ जवाफदेहि हुनुपर्ने जानकारी समेत गरिन्छ ।
यो दुःखको घडिमा, पूर्ण घर क्षतिभएकालाई १० हजार रुपैयाँ र नेपाल सरकारबाट मृतक परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ एकमुष्ठ र जिविसबाट उपलब्ध गराईने राहत एकमुष्ठ उपलब्ध गराईदिन समेत अनुरोध गरिन्छ ।
सदरमुकाम केन्द्रितपहिरोको कारण मेची राजमार्ग अन्र्तगतकाबेलीताप्लेजुङ सडक खण्डमा ल्याङबा (धुसेनीभीर) मा खसेको पहिरोले सडक बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । उपलब्ध राज्यको सम्पूर्ण शक्तिप्रयोग गरी उक्त अबरुद्ध राजमार्ग सिघ्र संचालनगर्न नेपाल सरकार ध्यानआकर्षण गरिन्छ ।
क. आशिष

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ