आज मावन बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस

आज मावन बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस

  • सोमवार, भदौ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २० भदौ ।
मानव बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस आज बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदैछ । दिवसको यस वर्षको नारा एउटै लक्ष एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने तय गरिएको छ ।

सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेको दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।

नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भुमिमा बेचबिखनमा पर्दै आएका छन् ।

यसैबीच दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मानव बेचबिखन एक जघन्य सामाजिक अपराध भएको भन्दै यसको रोकथामका लागी सरकार प्रयासरत रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक अपराध विरुद्ध ऐक्यबद्धता जनाउदै मानव बेचबिखन रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन अपिल समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ