आज गणेश चतुर्थी, गणेश मन्दीरहरुमा दर्शनार्थीहरुको घुइचो

आज गणेश चतुर्थी, गणेश मन्दीरहरुमा दर्शनार्थीहरुको घुइचो

  • सोमवार, भदौ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमान्डौ भदौ २०।
आज भाद्र शुल्क चतुर्थी अर्थात् गणेश चतुर्थी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाउँदै छन् ।

गणेश चतुर्थीको अवसरमा काठमान्डौ उपत्यका सहित देशभरका गणेश मन्दिरहरुमा दर्शनार्थीहरुको विहानै देखि घुईंचो लागेको छ ।

उपत्यकाका सुर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक, कमलादी लगायत मुलुकभरका गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् ।

काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।

यस्तै गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ ।

चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास रहि आएको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ