व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • सोमवार, भदौ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २० भदौ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले सर्वोच्च अदालत पहिलो संशोधन विधेयक र वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले संकटजन्य वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रणका साथै वनस्पति ऐन सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुने संसदका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यसैगरी माओवादी केन्द्रका सांसद प्रभू शाहले ग्रामिण क्षेत्रमा वित्तिय पहुँच तत्काल पुर्याइयोस् भन्ने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव बैठकमा पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्रामिण भेगमा समेत वित्तिय पहुँच पुर्याउने घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ