स्याङ्जामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

स्याङ्जामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

  • आइतवार, भदौ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १९ भदौ ।
अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर स्याङ्जाको क्वारेभन्ज्याङ गाविस ७ उपल्लो ताप्केमा चार जनाको मृत्यु भएको छ ।

आज बिहान करिब २ बजेतिर पहिरो खस्दा स्थानीय ७८ बर्षिया चन्द्रकला सारु मगर, सहित उनको घरमा तिज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी ३२ बर्षिया हुमकुमारी मस्याङदी, उनकी छोरी ७ बर्षिया पुनम र ६ बर्षिय छोरा सुजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी रहको स्याङ्जा प्रहरीले जनाएको छ । उता, महोत्तरीमा छुट्टा छुट्टै दुई स्थानमा खोलामा बगेर २ जनाको मृत्यु भएको छ ।

स्थानीय रातु नदीले बगाउँदा पशुपतिनगर ६ की ५० बर्षिया सावित्री महराको मृत्यु भएको हो । यस्तै मडाह खोलाले बगाउँदा बर्दिवास नगरपालिका १२ बर्डाडाँका ७ बर्षिय बालक मानब बुलनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक शालिकराम शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ