अवरुद्ध ताप्लेजुङ–पाँचथर सडक खण्ड खुल्न अझै केहि दिन लाग्ने

अवरुद्ध ताप्लेजुङ–पाँचथर सडक खण्ड खुल्न अझै केहि दिन लाग्ने

  • आइतवार, भदौ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १९ भदौ ।
अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड खुल्न अझै केहि दिन लाग्ने भएको छ ।

पहिरोले करिब एक किलोमिटर सडक पुरै बगाएको र नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले सडक पूर्णरुपमा सुचारु हुन अझै केहि दिन लाग्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।

सदरमुकामदेखि पाँच किलोमिटर दुरीमा रहेको बहानन्दे सम्मको बाटो सफा गरिएपनि र त्यस भन्दा मुनिको भागमा ठूलो पहिरोले सडकनै बगाएकाले सडक पूर्ण रुपमा सुचारु हुन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

जिल्लामा साना स्काभेटर मात्र रहेकोले ठूलो स्काभेटर जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक खोल्न केहि दिन लाग्ने भएकाले सडक सुचारु हुन ढिलाई हुने भएको हो । आज साँझसम्म स्काभेटर आइपुग्ने र भोलीदेखि बिहान देखि पहिरो हटाउने काम सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक अबरुद्धहुँदा ताप्लेजुङबाट पाँचथरहुँदै इलाम, झापा साथै देशका विभिन्न स्थानमा जाने यात्रुहरु अलपत्र परेका छन् । गएराति देखि वर्षा कम भएको र विहान देखि मौषममा सुधार आएकाले पहिरो र्झन भने रोकिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ