काठमाडौ १९ भदौ ।
रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने नाराका साथ नेपाल रेडक्रस दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । वि. सं. २०२० साल भदौ १९ गते रेडक्रस अभियानको अंगको रुपमा नेपाल रेडक्रस सोशाइटीको स्थापना भएको थियो ।
दिवसका अवसरमा स्वयम् सेवकको सम्मान, रक्तदान कार्यक्रम, विपत् व्यवस्थापन, अन्तरक्रिया चेतनामुलक र्याली तथा विरामीलाई फलफूm वितरण लगायतका कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोशाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोशाइटीको अहिले ७५ ओटा जिल्ला शाखा, एक हजार ४ सय ५७ उपशाखा सहित हजारौं निकाय सन्चालनमा छन् । हाल ९० हजार स्वयम् सेवक र १० लाख ६ हजार सदस्य रेडक्रसमा आवद्ध रहेको जनाएको छ ।
दिवसका अवसरमा विज्ञाप्ती जारी गर्दै नेपाल रेडक्रस सोशाइटीले मानवीय कार्यमा थप सहयोग गर्न सरकार, भूकम्प लगायत अन्य विपतबाट प्रभावित परिवार र आम जनसमुदायलाई अनुरोध गरेको छ ।